१५ हजार कर्मचारीलाई तलब दिन समस्या हुँदा बाइजुका मालिकले धितोमा राखे घर

Byju

नयाँ दिल्ली: एडटेक कम्पनी बाइजुले केही समयदेखि आर्थिक संकटको सामना गरिरहेको छ। कम्पनीले आउँदो मार्चसम्म संचालनका लागि ६००-७०० करोड रुपियाँ ऋण जुटाउने प्रक्रियामा छ। स्रोतले सो जानकारी दिएको हो। यसैबीच कम्पनीका संस्थापक बिजु रवीन्द्रनले हालै तलब तिर्नका लागि परिवारका सदस्यको घर र अचल सम्पत्ति धितो राखेका छन्। बाइजुले मार्च २०२३ सम्ममा एपिक र अन्य सहायक कम्पनीहरूमा आफ्नो हिस्सेदारीको आंशिक बिक्रीबाट रकम जुटाउने आशा राखेको छ, विकाससँग नजिकका स्रोतहरूले भने। एक स्रोतले भन्यो, ‘कम्पनीको संचालन खर्चमा हरेक महिना करिब ५० करोड रुपियाँको अन्तर छ, जसमध्ये ठूलो हिस्सा तलबको छ। प्रवद्र्धकले परिवारका सदस्यको सेयर, घरजग्गा र अन्य अचल सम्पत्ति धितो राखेका छन्।’ बाइजुको मूल कम्पनी थिंक एण्ड लर्न प्रालिका करिब १५ हजार कर्मचारीको तलब दिन यो रकम खर्च भएको स्रोतले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement