मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभलको उद्घाटन

२९औं कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल (केआईएफएफ)

कोलकाता: २९औं कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल (केआईएफएफ) आजदेखि कोलकातामा शुरु भएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलबार नेताजी इन्डोर स्टेडियममा यसको उद्घाटन गरिन्। सो क्रममा मुख्यमन्त्रीले ‘बंगलार माटी बंगलार जल’ गीत गाइन्। त्यसपछि सलमान खानले दीप प्रज्वलन गरेर फिल्म फेस्टिभलको शुरुवात गरे। समारोहमा सलमान खान, अनिल कपूर, महेश भट्ट, शत्रुघ्न सिन्हा, सोनाक्षी सिन्हा र सौरभ गांगुली जस्ता स्टारहरु सहभागी थिए।

कोलकाताका २३ ठाउँमा केआईएफएफ सिनेमाहरू देखाइनेछ। किफ रवीन्द्र सदन, शिशिर मञ्च, नन्दन १,२,३, नजरलतीर्थ, बिजोली थिएटर, सेन्का थिएटरलगायत जम्मा २३ थिएटर र सिनेमाघरमा देखाइनेछ। उद्घाटन कार्यक्रममा १५ हजार मानिस सहभागी हुनेछन्। यस अवधिमा ३९ देशका जम्मा २१९ चलचित्र प्रदर्शन हुनेछन्। १६९ फिचर फिल्मका बाहेक अवार्ड विजेता फिल्म, सट फिल्म र डकुमेन्ट्री फिल्म पनि प्रदर्शन हुनेछन्। महोत्सवको थिम गीत अरिजित सिंहले गाएका हुन् भने गीतको अवधारण मुख्यमन्त्री ममता ब्यानर्जीले गरेकी हुन्। गीतमा इन्द्रजित दासगुप्ताको संगीत रहेको छ। चलचित्र समितिका अध्यक्ष तथा चलचित्र निर्देशक गौतम घोषले यस पटक महोत्सवमा नयाँ चलचित्र निर्माताका चलचित्र थपिएको बताए। स्पेन फिल्म फेस्टिभलको फोकस कन्ट्री हुनेछ। स्पेनका ६ र अष्ट्रेलियाका १५ वटा चलचित्र प्रदर्शन हुनेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *