मंगन: लाचेन मंगन निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री साम्डुप लेप्चाले आज उत्तर सिक्किमको टुङ चेक पोस्टमुनि वाहनहरूको आवागमनको निम्ति नयॉं काठको पुल निर्माण स्थलको निरीक्षण भ्रमण गरे।
यस अवसरमा मन्त्रीको साथमा मंगन जिल्लाका सरकारी अधिकारीहरू उपस्थित थिए।
भोलि, ६ दिसम्बरदेखि यहॉं नयॉं काठको पुलको निर्माण कार्य शुरू गरिने बताइएको छ। निरीक्षण अवधि मंगन जिल्लाका जिल्लापाल, मंगनका पुलिस अधीक्षक, चुङथाङका एसडीएम र एडीसी, टास अध्यक्ष, पीपन, ग्रेफ अधिकारीहरू आदि पनि उपस्थित थिए।