गान्तोक: सिक्किमको राजभवन परिसरमा आज सिक्किमवासीहरूको सुख, समृद्धि र शान्तिको निम्ति हवन-पूजनको आयोजन गरियो। यस धार्मिक अनुष्ठानमा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य र पूर्व राज्यपाल गंगा प्रसाद सम्मलित भए।राजभवनद्वारा आज जारी गरिएको प्रेस विज्ञप्ति अनसुर, यस अवसरमा वर्तमान र पूर्व राज्यपालले राजभवन परिसरमा नेताजी सुभाष चन्द्र बोस र सरदार वल्लभाई पेटलको मूर्तिहरूमा माल्यार्पण गरे। साथै वर्तमान र पूर्व राज्यपालले राजभवन परिसरमा गुरासॅंको पौधा पनि लगाए।