राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत जनाउन तयार पहाड

IMG-20231205-WA0159.jpg

खरसाङ: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी भोलि ६ दिसम्बरको दिन पहाड़ आईरहेकी छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत जनाउन पहाड़ तयार रहेको देखिएको छ। एउटा पारिवारिक कार्यक्रममा आफ्नो सहभागिता जनाउन मुख्यमन्त्री ममता ब्यानर्जी भोलि बुधवार खरसाङ आउनेछिन्। राज्यकी मुख्यमन्त्री पहाड़ आउने भएपछि पहाड़को चिसो मौसम राजनैतिक तातोपनले भने तातिएको जस्तो भएको छ। उनी विवाहमा सामेल हुन आउने र आगामी ८ दिसम्बरको दिन खरसाङको मन्टिभियटमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ।
मुख्यमन्त्रीलाई स्वागत गर्न खरसाङ लगायत पहाड नै तयार रहेको देखिएको छ। विशेषगरी जीटीएको पक्षबाट यसको विशेष तयारी गरिएको छ। जीटीए प्रमुख अनित थापाको पक्षबाट मुख्यमन्त्रीलाई पहाडमा स्वागत जनाउँदै ठाउँ ठाउँमा होडिङ्स र ब्यानरहरू लगाइएको छ। खरसाङको रोहिणी रोडमा प्रशस्त मात्रामा होडिङ्स र ब्यानरहरू लगाइएको छ। यस क्रममा खरसाङको रोहिणी रोडको जिरो परिसरदेखि खरसाङ बजारसम्म र बजारको विभिन्न स्थानहरूमा राज्य सरकारबाट प्रदान गरिने विभिन्न योजनाहरू र प्रकल्पहरूको नामसहित मुख्यमन्त्रीको फोटोसहितको ब्यानरहरू र होडिङहरू लगाइएको छ। स्मरण रहोस्-मुख्यमन्त्रीको भतिज अभिषेक ब्यानर्जी अघिबाटै खरसाङमा आएर बसेका छन् भने उनको पनि सोमवार खरसाङमा विशेष स्वागत जनाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement