एसडीएफद्वारा ताकुथाङ घटनाको जॉंच र दोषीहरू विरूद्ध कारबाहीको माग

IMG-20230410-WA0169-11-300x172-2

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सोमवार रिन्चेनपोङ निर्वाचन क्षेत्र अन्तर्गत मंगलबारिया, ताकुथाङमा एसडीएफ कार्यकर्ताहरूमाथि भएको कथित आक्रमणको कडा निन्दा गरेको छ।

घर दैलो अभियानको क्रममा एसडीएफ कार्यकर्ताहरूमाथि आक्रमण भएको एसडीएफ प्रवक्ता रिक्जिङ नर्बु दोर्जी भोटियाले आज जारी एक प्रेस विज्ञप्तिमा बताएका छन्।

प्रवक्ता भोटियाले घर दैलो अभियानमा निक्लिएका एसडीएफ कार्यकर्ताहरूमाथि हिजो सत्ताधारी एसकेएम पार्टीका कार्यकर्ताहरूले आक्रमण गरेको आरोप लगाएका छन्। यस्ता हिंसात्मक कार्यहरूले हाम्रो राष्ट्रको जग बनाउने लोकतान्त्रिक सिद्धान्तहरूलाई कमजोर बनाउँछ भनी उनले बताएका छन्।

अर्कोतिर, प्रवक्ता भोटियाले एसकेएम पार्टीका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङमाथि आक्रमणलाई लिएर जनतामा गलत जानकारी साझा गरेको आरोप लगाउॅंदै उनको बयानको निन्दा गरेका छन्। उनको जनतालाई भ्रमित गर्ने प्रयास निराशाजनक मात्र होइन, तर पारदर्शिता र जवाफदेहिताको सिद्धान्तलाई पनि कमजोर बनाउॅंछ भनी उनले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले घटनाको गहिरो जॉंच र आक्रमणका संलग्न व्यक्तिहरू विरूद्ध कारबाहीको माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement