जी टी ए चिफ अनित थापाको राज्यका मुख्य सचिव अनि एडिसनल सचिवहरु संग प्रशासनिक बैठक

IMG-20220722-WA0114.jpg

कोलकाता: नवन्नामा जी टी ए प्रमुख कार्यपाल अनित थापा अनि पश्चिम बंगालका मुख्य सचिव डा एच के दुवेदी, आई ए एस माझ बैठक सम्पन्न भयो। बैठक करिब दुई घण्टा लामो चलेको थियो। बैठकमा होम अनि हिल अफयेरस विभागका एडिसनल सेक्रेटरी , श्री बी पी गोपालिका, आई ए एस, फाइनान्सका एडिसनल सेक्रेटरी, मनोज पन्त ,आई ए एस, जी टी एका मुख्य सचिव एस पुन्नबलाम, आई ए एसको उपस्थिति पनि रहेको थियो।

प्रमुख कार्यपालको अफिसले दिएका जानकारी अनुसार निम्न मुद्दाहरूलाई लिएर बैठकमा चर्चा भयो।

  • राज्य कोषबाट जी टी एले पाउनु पर्ने रहल रकम अनि वर्तमान वित्त वर्षको पहिलो किस्तीको भुक्तानी।
  • पिएचई अन्तर्गत चलाइएको जल स्वप्न प्रकल्प जी टी एलाई हस्तान्तरण हुनु पर्छ कारण पिएचई विभाग हस्तान्तरण भएको विभाग हो।
  • आर आई डी एफ को फण्ड
  • सवअर्डिनेट सेलेक्सन बोर्ड गठनलाई गति दिइनु
  • ग्रुप बी, सी अनि डि मा भर्ना गर्न नियम तयार गर्न
  • थातीमा रहेको जी टी एक कर्मचारीहरुको निम्ति डि सि आर बी परियोजनालाई अनुमोदन
  • क्यासुवल, दैनिक रोज, कन्ट्र्याक्टमा काम गर्ने कर्मचारीहरुलाई स्थायीकरण
  • दिल्लीमा गोर्खा वेलफेयर सेन्टरको स्थापना
  • जी टी ए क्षेत्र मा टुरिजम डेभलपमेन्ट कोर्पोरेसन स्थापना गर्नु
  • गिद्दे पहाडमा बनिन्दै गरेको रोपवे लाई पूर्ण गर्नु
  • मङ्पु ग्रुप डि का कर्मचारीको मुद्दा
  • गत आन्दोलनमा नतिरेको बिजुलीको बिलमा लागेको सर्चाज माफी
  • जी टी ए क्षेत्र का ११२ ग्राम पञ्चायतहरु अनि ९ पञ्चायत समितिमा, निर्वाचित पञ्चायत सदस्यहरू नभए सम्म अधिकारीको नियुक्ति गरिनु
  • BAY आवास प्लस योजना अन्तर्गत हुने सर्भे जी टी ए क्षेत्रमा आज सम्म भएको छैन। सर्भे चाँडो भन्दा चाँडो गराउने।
  • मिरिक अस्पताललाई महकुमा अस्पतालमा पदोन्नति गर्नु, त्रिवेणी अस्पताल लाई सुपर speciality अस्पताल बनाउनु, NHM भर्ना गरिने जिल्ला स्तर सेलेक्सन समितिमा जी टी एको प्रतिनिधि राखिनु
  • माइनोरिटी अफेयर्स विभागलाई पूर्ण रूपले जी टी एलाई हस्तान्तरण गर्नु
  • जी टी ए क्षेत्रको निम्ति पृथक स्कुल सर्भिस कमिशन को स्थापना
  • प्राथमिक शिक्षकहरूको नियुक्ति अनि भर्नाको नियमलाई अनुमोदन गर्नु
  • घूम जोरबङलो महाविद्यालयलाई सरकारी सहायता प्राप्त महाविद्यालय बनाउनु
  • उच्चतर विद्यालयहरूमा प्रधान अध्यापक/ अध्यापिका को नियुक्ति
  • जी टी ए क्षेत्रका स्कूल हरुमा कार्यरत भोलिएण्टर शिक्षकहरुलाई स्थाइकरण
  • जी टी ए क्षेत्रका १४ वटा स्कूलहरुलाई सरकारी सहायता प्राप्त स्कूलको दर्जा दिनु।
  • आपदा प्रबंधन विभागीय मुद्दा
  • पेदोङ मा फ्रोजन सीमेन् बुल स्टेसन को परियोजना लाई अनुमोदन गर्नु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement