बर्फुङमा बाल सभा आयोजित

n5626498561701788273665a220e2f9f6254c4f3c93f0a4567a13bfe206bbfdc9c790081953f941abc26ccc.jpg

गान्तोक: राबोङ बर्फुङ ग्राम पञ्चायत यूनिट अन्तर्गत महकुमा अधिकारीको कार्यालयमा बाल सभा आयोजना गरियो। यस अवसरमा जिल्ला पञ्चायत सदस्य जसुदा छेत्री, पञ्चायत प्रभारी प्रिया दाहाल लगायत आगनबाडी कार्यकर्ता, विद्यार्थी साथै शिक्षकहरूले पनि सहभागिता जनाएका थिए।

यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य आवश्यक साथै आवश्यकतामाथि चर्चा परिचर्चा गरिनु रहेको थियो, जसलाई निकट भविष्यमा ग्रामसभाको योजनामा समावेश गरेर अघि बढाउन सकिन्छ भन्ने धारणा रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एसआईआरडीका फिल्ड फेसिलेटर उदय चामलिङले बाल सभा आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्यबारे विस्तृतरूपमा जानकारी गराए।

यसरी नै पञ्चायत प्रभारी प्रिया दाहालले बाल सभा किन आयोजना गर्नुपऱ्यो भन्नेबारेमा संक्षिप्तरूपमा प्रकाश पारिन्। आजको यस बालसभामा पारित गरिएको प्रस्तावलाई आगामी दिनमा सम्पन्न हुने ग्रामसभामा राख्न सकिने मन्तव्य प्रकट गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement