२५ दिसम्बर स्वच्छ शौचालय अभियानको समापन हुने

IMG-20231205-WA0176.jpg

गान्तोक: शहरी विकास विभाग अन्तर्गत स्वच्छ भारत मिशनले २६ नोभेम्बर, २०२३ मा “स्वच्छ शौचालय अभियान” शुरू गरेको थियो। यस अभियानले सार्वजनिक शौचालयलाई स्वच्छ र कार्यात्मक बनाउनका साथै सबै नागरिकहरूलाई यस सर-सफाई कार्यक्रममा सहभागी बन्नको निम्ति प्रेरित गर्नेछ।

यो अभियान आवास मामिला मन्त्रालयको पहलमा गत १९ नोभेम्बरदेखि विश्व शौचालय दिवसको अवसरमा शुरू भएको हो भने आगामी २५ दिसम्बरसम्म निरन्तर चल्ने छ। यस अभियानको मुख्य उद्देश्य समुदायका सबै शौचालयहरूको मर्मत र सर-सफाई गर्नको साथै यसलाई निरन्तरता दिनु रहेको छ।

शौचालयको प्रवेशद्वारमा राखिएको क्यू आर स्क्यानर कोडबाट कुनै पनि प्रकारको गुनासो आम मानिसहरूले गर्न सक्ने सुझाउ दिएको छ। नागरिकहरूलाई सार्वजनिक शौचालय सफा राख्नको साथै यसको मरम्मत गर्नमा पनि सहयोग पुऱ्याउनु पर्ने आग्रह गरिएको छ। यदि शौचालयमा कुनै खराबी भएमा समयमै ध्यानाकर्षण गराउन नागरिकहरूलाई जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement