गान्तोक: जनजातिको मान्यता पाउनदेखि वञ्चित राज्यका १२ समुदायका प्रतिनिधि तथा २००३ मा जनजातिको मान्यता पाए तापनि सिक्किम विधानसभामा सीट पाउनबाट वञ्चित लिम्बू तामाङ समुदायका ४० भन्दा अधिकको प्रतिनिधि टोली सोमवार मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा दिल्ली पुगेका छन्।
यो प्रतिनिधि टोलीले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह अनि जनजाति मामिला मन्त्रीसँग भेट गरेर ज्ञापन चढ़ाउने जानकारी प्राप्त भएको छ। छुटेका १२ जातिलाई जनजाति बनाउनुपर्ने मागमा ईकोस अनि टीएन ढकालको नेतृत्वमा बनिएको समितिले दस्तावेज अनि ज्ञापन पत्र चढ़ाउनेछन् भऩे लिम्बू तामाङलाई शीघ्रै विधानसभामा जनजाति सीट आरक्षण गरिनुपर्छ भन्ने मागमा सासंद इन्द्रहाङ सुब्बाको अध्यक्षतामा रहेको समितिले दस्तावेजहरू साथै ज्ञापन पत्र चढ़ाउनेछन्।
राज्य सरकारको तर्फभाट पनि मुख्यमन्त्री स्वयंले प्रधानमन्त्र, गृहमन्त्री अनि जनजाति मामिला मन्त्रीसक्ष ज्ञापन पेश गर्ने मुख्यमन्त्रीका राजनीतिक सचिव खालिङले जानकारी गराएका छन्।