सभासद श्याम शेर्पाद्वारा चैतेपानीमा पानीको कामको सर्वे र निरीक्षण

IMG-20231205-WA0154.jpg

जनताको हितमा काम गरिरहेका छौं: सभासद श्याम शेर्पा

खरसाङ: खरसाङ महकुमा अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतको चैतेपानी क्षेत्रमा जल जीवन मिशनबाट हुने पानीको कामको क्षेत्रीय सभासद श्याम शेर्पा र उनको टिमद्वारा निरीक्षण गरिएको छ। खरसाङ देवराली समष्टीको सभासद एंव जीटीएको स्वास्थ्य अनि परिवार कल्याण विभागको एमओडी सभासद श्यामले चैतेपानी क्षेत्रमा जल जीवन मिशन अन्तर्गत हुन लागेको कामको निरीक्षण गरेका छन्। उनीसितै २८ नम्बर समष्टी खरसाङ देवराली समष्टी नारी शक्तिको सभापति सुष्मा मुखिया, सचिव ललिता छेत्री, पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेस थापा, युवा शक्तिबाट अनुप तामाङ लगायत विभागीय अधिकारीहरू उपस्थित रहेको जानकारी प्राप्त भएको छ। विशेष गरेर जल जीवन मिशन अन्तर्गत चैतेपानी क्षेत्रको 70 वटा जति घरहरूमा पानीको काम छोडिएको थियो र ती घरहरूका लागि पानीको काम चाढ़ै शुरु हुने बताइएको छ। यस निरीक्षण र सर्वे विषयमा पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको स्वास्थ्य अनि परिवार कल्याण विभागको एमओडी सभासद साथै क्षेत्रीय सभासद श्याम शेर्पाले जल जीवन मिशन अन्तर्गत चिमनी देवराली क्षेत्रको सबैतिर काम मोटामोटी पूरा भईसकेको छ र चैतेपानी क्षेत्रमा छोडिएको छ अनि यो छोडिएको ठाउँमा पनि आज सर्वे गरिएको र यसको लागि जीटीए चिफ् अनित थापालाई धन्यवाद दिएका छन्। सभासद शेर्पाले यस क्षेत्रमा सबैतिर जनताको हितमा हामी पानीको काम गरेर नै छोड्नेछौ र पानीको काममा कसैले वाधा दिन्छ भने हामी कानुनी कार्वाही गर्नेछौं भनी बताएका छन्। उनले भने, हामी जनताको लागि हामी पानीको काम गर्दैछौं र सबैले पानी पाउनुपर्छ भन्ने हाम्रो सोच छ। हामी सबैतिर पानीको काम पूरा होस् भन्ने छ र काम गरेर नै छोड्नेछौं र यसको लागि क्षेत्रवासीले पनि सहयोग गर्ने आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement