नाम्ची उच्चत्तर विद्यालयका ६५ जना विद्यार्थीहरू अभिनन्दित

n562630064170178457411179e3fb5cd0d93ee6e1183ee49e1e1f8cd9ecadb26146942c6178555d3254f5a9.jpg

विद्यार्थीहरूले शिक्षामा ध्यान केन्द्रित गर्नुपर्नेः कृष्ण राई

नाम्ची: नाम्ची उच्चत्तर माध्यमिक विद्यालयका उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई आज एक कार्यक्रमबीच अभिनन्दन जनाइयो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई रहेकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि कृष्ण राईले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई बधाई दिँदै आ–आफ्नो क्षेत्रमा प्रतिबद्धता र दृढताकासाथ लागिपर्दै अघि बढनु पर्ने सुझाउ दिइन्।

उनले विद्यालयमा सिकेका अनुभवह परम्परागत ढाँचामा ल्याउनु पर्ने र प्रवर्द्धनमा पनि जोड दिनुपर्ने आग्रह गरिन्। विद्यार्थीहरूमा नैतिक र सीप आधारित मूल्यहरू समावेश गर्ने शिक्षाको मूल्यबारे पनि जानकारी गराइन्।

त्यसैगरी उनले सिक्किम सरकार अन्तर्गत विभिन्न छात्रवृत्ति योजनाहरू शुरू गरिएको र यसको लाभ उठाउनु पर्ने सुझाउ दिएकी छन्। राज्य सरकारद्वारा विद्यार्थीहरूको हितमा शुरू गरिएको विभिन्न योजना अन्तर्गत प्रतिभाशाली र योग्य विद्यार्थीहरूलाई नि:शुल्क शिक्षा प्रदान गर्ने लक्ष्य राखेको अवगत गराइन्।

उनले राज्य सरकारको अस्थायी शिक्षकलाई स्थायीकरण गर्ने नीतिको प्रशंसा गर्दै जनताको हितमा शुरू गरिएको विभिन्न विकासका परियोजनाहरूमाथि पनि प्रकाश पारिन्।यसका साथै उनले विद्यार्थीहरूद्वारा गरिने आत्महत्याको घटनाप्रति चिन्ता व्यक्त गर्दै विद्यार्थीहरूलाई आफ्नो ध्यान शिक्षा आर्जनमा लगाउनु पर्ने आग्रह गरिन्। यस अवसरमा उक्त विद्यालयका प्रधानाध्यापक हरि थापा मङ्गरले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको स्थापना र हालसम्मका उपलब्धिहरूबारे प्रकाश पारे। उनले विद्यालयमा समग्र र प्रगतिशील सिकाइ अनुभव प्रदान गर्न विद्यालयका शिक्षकहरूको अटल समर्पण भावनाको पनि खुलेर प्रशंसा गरे। कार्यक्रममा खेलकुद तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने ६५ जना विद्यार्थीलाई सम्मान जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement