कोचबिहारः जिल्लाको माथाभाङ्गा-२ नम्बर ब्लकको निशिगञ्जमा करेन्ट लाग्दा एक गृहिणीको मृत्यु भएको छ। मृत गृहिणीको नाम तापसी बर्मन (२८) बताइएको छ। उसको लगभग तीन महनाअघि दिनहाटामा बिहेको भएको थियो।
तापसी बर्मन रूनीबारी क्षेत्रमा आफ्नो पिताको घर आएकी थिइऩ्। मंगलवार बिहान जब नुहाउनको निम्ति बिजुलीको उपकरणमा पानी तताइरहेकी थिइन्, तब उसलाई दुर्घटनावश करेन्ट लाग्यो। घटनापछि उसलाई तुरन्तै उपचारको निम्ति निशिगञ्ज ग्रामीण अस्पताल लगियो। त्यहाँ ड्यूटीमा तैनात चिकित्सकहरूले उसलाई मृत घोषित गरे। पछि निशिगञ्ज पुलिस चौकी पुलिस घटनास्थलमा पुग्यो र शवलाई पोस्टमार्टमको निम्ति पटायो। पुलिस पूरा घटनाको जाँचमा जुटेको छ।