कोलकाताः बिजुली आपूर्ति बाधित भएकाले मंगलवार बिहान मेट्रो परिसेवा प्रभावित भयो। यसको असर मेट्रो यात्रीहरूले झेल्नु पऱ्यो। नवीनीकरणका कारण पार्क स्ट्रीटबाट सेण्ट्रलसम्म अप-डाउन चल्ने दुईवटा सब-वे को साटो एउटा सब-वे खोलिएको थियो। मेट्रो रेलवे सूत्रहरू अनुसार, पार्क स्ट्रीट मेट्रो स्टेशनमा आज बिहान ८ः३० बजी अचानक बिजुलीको गडबडी देखियो। सूचना पाउनसाथ मेट्रो कर्मचारी घटनास्थल पुगे र मरम्मति कार्य शुरू गरे। समस्याको समाधान गरेपछि मेट्रो सेवाहरू सामान्य गरिने छ।
सूत्रहरूले अझ भने, पार्क स्ट्रीट र सेण्ट्रल मेट्रो स्टेशनबिच अप-डाउन लाइनमा एउटा ट्रेन चल्नेछ। रवीन्द्र सदनबाट पार्क स्ट्रीटसम्म अप-डाउन लाइनमा सामान्य रूपमा मेट्रो चलिरहेको छ।
-हिस