बन्द चिया कमानहरूलाई लिएर त्रिपक्षीय बैठक भोली

IMG-20230528-WA0320-5-300x172-2

अलिपुरद्वारः जिल्लाको कालचिनी ब्लकको बन्द दलसिहपाड़ा चिया कमान र मदारीहाट ब्लकको बन्द रहेका डालमोर र रामझोड़ा चिया कमानलाई लिएर बुधवार सिलगढ़ी श्रमिक भवनमा त्रिपक्षीय बैठक हुन गइरहेछ। वस्तुतः मुख्यमन्त्री ०९ दिसम्बरमा अलिपुरद्वार आइरहेकी छन्। मुख्यमन्त्रीको उत्तर बंगाल यात्राअघि तीनै बन्द चिया कमानहरूलाई लिएर त्रिपक्षीय बैठक भइरहेछ।

यसअघि बन्द चिया कमानहरूमा तीन त्रिपक्षीय बैठक भइसकेको छ तर बैठक विफल रह्यो। भोलीपनि त्रिपक्षीय बैठक हुन गइरहेछ। यी तीनै चिया कमानहरूका लगभग तीन हजार श्रमिक परिवार यस बैठकको प्रतिक्षा गरिरहेका छन्। भाजपा चिया कमान सङ्गठन बीटीडब्ल्यूयूका दलसिहपाड़ा चिया कमानका अध्यक्ष राम तेलीले भने, बन्द चिया कमानहरूलाई लिएर भोली सिलगढ़ी श्रमिक भवनमा त्रिपक्षीय बैठक हुन गइरहेछ। आशा छ भोलीको बैठकमा कमान खोल्नलाई लिएर फसेला लिइनेछ।

तृणमूल चिया कमान श्रमिक यूनियन दलसिहपाड़ा चिया कमानका सचिव साजूले भने, श्रमिकहरूको सबै मागहरूलाई पूरा गर्दै कमानलाई खोल्नुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement