ममतालाई चोर भन्दा शुभेन्दु विरूद्ध अझ् एक प्राथमिकी दर्ता

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष एवं वरिष्ठ भाजपा विधायक शुभेन्दु अधिकारी विरूद्ध् अझ् एक प्राथमिकी दर्ता भएको छ। यस पाली मुख्यमन्त्री ममता ब्यानर्जीलाई चोर भनेकोमा उनी विरूद्ध प्राथमिकी दर्ता गरिएको छ। राज्य क्याबिनेटका एक वरिष्ठ मन्त्रीले अधिकारी र अन्य भाजपा विधायकहरू विरूद्ध कोलकाताको दुई पुलिस स्टेशनहरूमा दुई अलग-अलग एफआईआर दर्ता गराइएको छ किनभने सोमवार एक सार्वजनिक प्रदर्शनमा उनले ”ममता चोर” लेखेको टी-शर्ट लगाएका थिए।

राज्यकी वित्तमन्त्री चन्द्रिमा भट्टाचार्य़ले कोलकाताको मैदान र हेयर स्ट्रीट पुलिस स्टेशनहरूमा एफआईआर दर्ता गराएकी छऩ्। चन्द्रिमाले आफ्नो शिकायतमा दाबी गरिन्, यस्तो कृत्य मुख्यमन्त्रीको घोर अपमान हो, जो राज्यको कार्यकारी प्रमुख हुन्। भाजपा विधायक दलका सदस्य पूरा शीतकालीन सत्रको निम्ति विपक्षका नेतालाई निलम्बित गर्ने अध्यक्ष बिमान ब्यानर्जीको फसेला विरूद्ध विधानसभा परिसर नजिक रेड रोडमा विरोध प्रदर्शन गरिरहेका थिए।

अध्यक्ष विरूद्ध आपत्तिजनक टिप्पणी गरेको अधिकारीलाई २८ नोभेम्बरमा निलम्बित गरिएको थियो। अधिकारीले विरोध प्रदर्शनमा भाजपा विधायकहरूको नेतृत्व गरिरहेका थिए, जहाँ सबै प्रदर्शनकारी पार्टी विधायकहरूले ”ममता चोर” लेखेको टी-शर्ट लगाएका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement