मुर्शिदाबादमा रातभऱि बमबारी भएपछि तनाव व्याप्त

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालको मुर्शिदाबाद जिल्लामा एक पल्ट फेरि भारी बमबारीको कारण तनाव व्याप्त छ। धुलियान नगर पालिका क्षेत्रमा बमबारी भएको छ। समशेरगञ्ज ब्लकको धुलियान नगर पालिका क्षेत्रमा कब्जालाई लिएर दुई गुटबीच झड़पमा रातभरि बमबारी भइरह्यो। धुलियान नगर पालिकाको वार्ड नम्बर ८ मा सबैभन्दा धेरै बमबारी भइरह्यो। पुलिस सामू नै बमबारी भयो। कथित रूपमा धेरै राउण्ड गोलीबारी पनि गरियो।

रातमा समशेरगञ्ज थानाका ओसी घटनास्थलमा पुगे। तनावको कारण क्षेत्रमा पुलिस पिकेट लगाइएको छ। मंगलवार स्थानीय मानिसहरूको एक वर्गले आरोप लगायो, तृणमूल कांग्रेस सञ्चालित धुलियान नगर निगमका अध्यक्षको समर्थकहरू दंगाहरूमा सामेल थिए। अहिलेसम्म तृणमूलको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। सोमवार अबेर राति नगरपालिकाको वार्ड नम्बर आठका पार्षद परवेज आलमको घरमा बदमाशहरूले बम फ्याँके। गोलीहरू चलाए। घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement