तृणमूल कङ्ग्रेसको विपक्षी गठबन्धनमाथि दबाव, तत्काल हुनुपर्छ सीट बाँड़फाँड़

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पाँचवटा राज्यहरूको विधानसभा चुनाउमा कङ्ग्रेसको निराशाजनक प्रदर्शनको प्रभाव विपक्षी गठबन्धनमाथि पनि परिरहेको छ। पश्चिम बङ्गालको सत्तारूढ़ पार्टी तृणमूल कङ्ग्रेसले चाँड़ै सीट बाँड़फाँड़को लागि दबाव दिन शुरू गरेको छ।विपक्षी गठबन्धन ‘आईएनडीआई’- को ०६ दिसम्बरमा बैठक सम्पन्न हुनपूर्व पार्टीले यो पहल शुरू गरेको छ। तृणमूल कङ्ग्रेसका एकजना वरिष्ठ नेताले मङ्गलवार बताए, शीतकालीन सत्रपूर्व सम्पन्न भएको विपक्षको रणनीतिक बैठकमै तृणमूल कङ्ग्रेसले यो मुद्दा उठाएको थियो। संसदमा कङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेको कक्षमा आयोजित बैठकमा तृणमूलको प्रतिनिधित्व लोकसभा औ राज्यसभा नेताद्वय सुदीप ब्यनर्जी र डेरेक ओ’ब्रायनले गरेका थिए।

थाहा लागे अनुसार बैठकमा तृणमूल नेताहरूले भने, आगामी लोकसभा चुनाउको लागि सीटहरूको बाँड़फाँड़ चाँड़ै हुनुपर्छ ताकि उम्मेद्वारहरूले चुनाउको तयारी गर्नका लागि पर्याप्त समय पाउन सकुन्। यो माग यस्तो समयमा उठाइएको छ जतिबेला एक दिनअघि भाजपालाई तीन हिन्दी भाषी राज्यहरू क्रमैले राजस्थान, मध्य प्रदेश औ छत्तीसगढ़मा चुनावी जित हासिल भएको छ। जबकि कङ्ग्रेसले तेलङ्गानामा जित हासिल गरेको छ।

कोलकातामा तृणमूल प्रमुख तथा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यनर्जीले भनिन्, राज्यको उत्तरी क्षेत्रमा आफ्नो पूर्व निर्धारित कार्यक्रमहरूको कारणले (इण्डियन नेशनल डेभलपमेन्ट इन्क्लूसिभ एलायन्स) ‘आईएनडीआईए’- को बैठकमा उनी सामेल हुन सक्नेछैनन्। ब्यनर्जीले भनिन्, उनलाई बैठकको मिति बारे जानकारी थिएन। यदि उनलाई पहिलाबाटै सूचित गरिएको भए उनले आफ्नो पूर्वनिर्धारित कार्यक्रममा फेरबदल गर्नसक्ने सङ्केत समेत उनले दिइन्।

ब्यनर्जीले यो पनि भनिन्, भाजपाले आफ्ना विरोधीहरूमाझ भोट बाँढ़ेको कारणले राजस्थानमा कङ्ग्रेसभन्दा अधिक सीट हासिल भयो। उनले भनिन्, एउटा रणनीतिलाई अन्तिम रूप दिनुपर्छ। मलाई लाग्छ यदि सीट बाँड़फाँड़लाई अन्तिम रुप दिइयो भने भाजपा सत्तामा आउनेछैन। कङ्ग्रेसका एकजना नेताले बताए, बङ्गालमा तृणमूल कङ्ग्रेसले विपक्षी गठबन्धनलाई दुईवटा मात्र सीट दिने प्रस्ताव राखिरहेको छ जसले गर्दा निर्णाय हुन सकिरहेको छैन। दुई सीटमध्ये एउटा सीट तृणमूल कङ्ग्रेसले माकपालाई दिने सल्लाह दिएको छ जबकि कङ्ग्रेस बङ्गालमा धेरैवटा सीटहरूमा चुनाउ लड़्न चाहन्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement