४१औं नर्थ बंगाल बुक फेयर ८ दिसम्बरदेखि शुरू हुने

IMG-20231205-WA0127.jpg

सिलगढ़ी: ग्रेटर सिलगढ़ी पब्लिसर्स एण्ड बुक सेलर्स एसोसिएशनको तत्वावधानमा आयोजन हुने राज्यको दोस्रो सबै भन्दा ठुलो ‘नर्थ बंगाल बुक फेयर’काे ‘४१औं नर्थ बंगाल बुक फेयर’ कञ्चनजंगा स्टेडियममा ८ दिसम्बरदेखि १७ दिसम्बरसम्म आयोजित हुन गइरहेछ।

सिलगढ़ीका मेयर गौतम देवले मंगलवार सिलगढ़ी जर्नलिस्ट क्लबमा संवाददाता सम्मेलन गरी यसको जानकारी दिए। मेयर गौतम देवले भने, ४१औं नर्थ बंगाल बुक फेयरको थीम सुकुमार रोयको अनौठो रचना अबोल ताबोल राखिएको छ९ दिसम्बरमा सिलगढ़ी बाघाजतिन पार्कमा रंगारंग शोभायात्रा निकालिनेछ भने बुक फेयरको विधिवत उद्घाटन १० दिसम्बर प्रख्यात लेखक स्वप्नमय चक्रवर्ती गरने छन्!

मेयरले भने, यस पुस्तक मेलामा कूल ७५ स्टल लगाइँदैछ। यस बाहेक हरेक दिन सांस्कृतिक कार्यक्रम पनि आयोजित हुनेछ।

यस साल मेलामा ऑक्सफोर्ड, पेंगुइन, हार्पर कॉलिन्स, आनंद पब्लिशर्स, मित्रा एंड घोष, डीज पब्लिशिंग, देव साहित्य कुटी, दीप प्रकाशन र शैव्या प्रकाशन सहित अन्य प्रसिद्ध प्रकाशकहरूले भाग लीने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement