सिलगढ़ीः सिलगढ़ीको शान्ति नगरमा आमा-छोरीको मृत्युको मामिलामा नयॉं मोड अघि आएको छ। दिवंगत लता सरकारको ठूलो दाजु बादल दासले सोमवार आशीघर पुलिस थानामा ज्वाई साधन सरकार विरूद्ध लिखित शिकायत दर्ता गराएका छन्। यो घटनामा पहिला मृतकका पिता साधन सरकारले तृणमूल कांग्रेस नेता प्रसेनजीत राय विरूद्ध प्राथमिकी दर्ता गराएका थिए।
बादल दास नदिया जिल्लको कल्याणी निवासी हुन्। उनले बहिनी र भॉंजीको मृत्युको सूचना दिइएन भनी दाबी गरेका छन्। उनले उनको बहिनीलाई प्रताडित गरिएको थियो भन्दै यसमा साधनको हात रहेको आरोप लगाएका छन्। अर्कोतिर, साधनले उनको नाममा किन प्राथमिकी गरियो, त्यस बारे आफु अनविज्ञ रहेको बताएका छन्।
उल्लेखनीय छ, लता सरकारको शव आइतवार सिलगढ़ी नगर निगमको ३६ नम्बर वार्डस्थित शान्ति नगरमा उनको घरबाट भेटिएको थियो। यसरी नै उनकी छोरी तियासा सरकारको शव पनि घरभित्र भेटिएको थियो। लताले पहिला छोरीको हत्या गरेर आफुले पनि आत्महत्या गरेको स्पष्ट देखिएको थियो। तर, पछि लता सरकारकी पति साधन सरकारले भूमि विवादलाई लिएर तृणमूल नेता प्रसेनजीत रायको धम्कीका कारण लताले आत्महत्या गरेको बताएका थिए।