कोलकाताः पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष र वरिष्ठ भाजपा विधायक शुभेन्दु अधिकारीका पिता शिशिर अधिकारी विरूद्ध सीबीआई जाँचको माग सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले गरिरहेछ। दस्तावेजहरू अनुसार, शिशिर अधिकारी अहिले तृणमूल कांग्रेसकै सांसद हुन् तर कुणाल घोषले एक महिनाअघि केन्द्रिय गृहमन्त्री अमित शाहलाई चिट्ठी लेखेर उनको आयभन्दा धेरै सम्पत्तिको दाबी गरेका छन्।
यस मामिलामा उनले चर्चित सारदा चिट फण्डको उल्लेख गर्दै दाबी गरेका छन्, त्यसैको माध्यमले हासिल गरिएको आयबाट शिशिरले सम्पत्ति किनेका छन्। कुणाल घोषको यस चिट्ठीको जवाफ केन्द्रिय गृहमन्त्री अमित शाहको तर्फबाट पनि पाइएको छ। जवाबी चिट्ठीलाई कुणाल घोषले मंगलवार माइक्रो साइट एक्समा हालेका छन्।
गृहमन्त्रीको चिट्ठीमा लेखिएको छ, कुणाल कुमार, तपाईको चिट्ठी पाप्त भएको छ, जुन सांसद शिशिर अधिकारीको सम्बन्धमा छ। यसैको उल्लेख गर्दै कुणालले भने, गृहमन्त्रीले चिट्ठी पाएको पुष्टि गरेका छन् र सीबीआई सूत्रहरूले यदि केन्द्र सरकार बाधा बनेन भने सीबीआई यस मामिलामा जाँचको निम्ति तयार रहेको बताएको छ।
-हिस