कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल शुरु हुँदै

KIFF

कोलकाता: कोलकाता इन्टरनेशनल फिल्म फेस्टिभल (केआईएफएफ) को २९औं संस्करण आजदेखि शुरु हुँदैछ र १२ दिसम्बरसम्म चल्नेछ। यसको उद्घाटन आज अपराह्न ४ बजे नेताजी इन्डोर स्टेडियममा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले गर्नेछिन्। उद्घाटन समारोहमा अभिनेता सलमान खान, कमल हसन, अनिल कपुर, शत्रुघ्न सिन्हा, सोनाक्षी सिन्हा, सौरभ गांगुलीलगायत अन्य धेरै स्टारहरुको उपस्थिति रहने अनुमान गरिएको छ। महोत्सव अन्तर्गत २३ स्थानमा केआईएफएफ चलचित्रहरू देखाइनेछ।

राज्यका विद्युतमन्त्री तथा किफका प्रमुख सल्लाहकार अरूप विश्वासले रवीन्द्र सदन, शिशिर मञ्च, नन्दन १,२,३, नजरलतीर्थ, बिजोली थिएटर, सेन्का थिएटरलगायत जम्मा २३ थिएटर र सिनेमा हलमा प्रदर्शन गरिने जानकारी दिए। उद्घाटन कार्यक्रममा १५ हजार मानिस सहभागी हुने सम्भावना छ। २९औँ कोलकाता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ३९ देशका २१९ फिल्म देखाइने किफ समितिका सदस्य तथा पर्यटनमन्त्री इन्द्रनिल सेनले जानकारी दिए। १६९ फिचर फिल्मका अलावा अवार्ड विजेता फिल्म, सट फिल्म र डकुमेन्ट्री फिल्म पनि प्रदर्शन हुनेछन्।

महोत्सवको थिम गीत अरिजित सिंहले गाएका हुन् भने गीतलाई मुख्यमन्त्री ममता ब्यानर्जीले अवधारणामा गरेका हुन्। गीतमा इन्द्रजित दासगुप्ताको संगीत रहेको छ। चलचित्र समितिका अध्यक्ष तथा चलचित्र निर्देशक गौतम घोषले यस पटक महोत्सवमा नयाँ चलचित्र निर्माताका चलचित्र थपिएको बताए। स्पेन फिल्म फेस्टिभलको फोकस कन्ट्री हुनेछ। स्पेनका ६ र अष्ट्रेलियाका १५ वटा चलचित्र प्रदर्शन हुनेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *