केन्याका राष्ट्रपतिकाे औपचारिक स्वागत

1701755379GAj25lrbkAELIXz.webp

राष्ट्रपति द्रौपदी मुर्मू औ प्रधानमन्त्री मोदी उपस्थित

नयाँ दिल्ली: राष्ट्रपति भवनमा मङ्गलवार केन्याका राष्ट्रपति विलियम सामोई रूतोलाई औपचारिक रूपमा स्वागत गरियो। यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू अनि प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित थिए।

केन्याका राष्ट्रपति रूतो भारतको तीन दिवसीय यात्रामा हिजो अपरान्ह नयाँ दिल्ली आइपुगेका थिए। उनीसित उच्चस्तरीय प्रतिनिधिमण्डल पनि आएको छ।

कन्याका राष्ट्रपति रूतोको यो पहिलो भारत यात्रा हो। उनको प्रधानमन्त्री मोदीसित व्यापक बातचित गर्ने कार्यक्रम रहेको छ साथै उनले राष्ट्रपति द्रौपदी मुर्मूसित पनि भेट गर्नेछन्। केन्याका राष्ट्रपति रूतोको सम्मानमा राजकीय भोज आयोजन गरिनेछ। नयाँ दिल्लीमा उनको व्यापार अनि निवेश कार्यक्रमहरूमा पनि भाग लिने कार्यक्रम रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *