५० वर्षदेखि पानी र कोल्ड ड्रिंक्सले मात्र जिउँदैछिन् यी महिला…

Loi

अक्सिजन र पानी बाहेक मानिसलाई जीवित रहनको लागि खाना चाहिन्छ। खाना बिना बाँच्नु कल्पना भन्दा बाहिर छ। तर हिजोआज एउटी महिला चर्चामा छिन्, जसले ५० वर्षदेखि कुनै ठोस खानेकुरा नखाएको, तर पानी र सफ्ट ड्रिंकमा मात्र बाँचेको दाबी गरेकी छिन्। ती महिला अहिले ७५ वर्षकी भियतनामकी बासिन्दा हुन्। उनी पनि पूर्ण रुपमा स्वास्थ छिन्।

यी महिलाको नाम बुइ थि लोई हो। उनी भियतनामको क्वाङ बिन्ह प्रान्तको लोक निन्ह कम्युनमा बस्छिन्। महिला आफ्नो उमेरको हिसाबले धेरै राम्रो र जवान देखिन्छिन्। आधा शताब्दीदेखि पानी र सफ्ट ड्रिंक्समा जीवन बिताउँदै आएकी यी वृद्धालाई ठोस खानेकुराको चाहना कहिल्यै नभएको बताइन्। एक रिपोर्टका अनुसार, लोई भन्छिन्, ‘यो सबै सन् १९६३ मा शुरु भएको थियो, जब र अन्य महिलाहरू युद्धको क्रममा घाइते सैनिकहरूको उपचार गर्न पहाड चढिरहेका थिए। त्यसपछि ममाथि चट्याङ पर्यो, जसका कारण बेहोस भएँ, तर ज्यान जोगियोl’ तर त्यसपछि भने उनी उस्तै रहिनन्। होश आएपछि उनले धेरै दिनसम्म केही खाइनन्। यस्तो अवस्थामा उनका साथीहरुले उनलाई मिठो पानी खुवाउन थाले। यद्यपि पछि साथीहरूको बारम्बार आग्रहमा उनले फलफूललगायत केही खान थाले तर केही वर्षपछि सन् १९७० मा उनले सधैंका लागि खान छोडिन्। अहिले लोईको फ्रिजमा पानीका बोतल र मीठो पेय पदार्थ मात्रै भरिएको छ। लोईको दाबीअनुसार खानाको गन्धले उनलाई वाकवाकी महसुस गराउँछ। पहिले उनले छोराछोरीका लागि खाना पकाउने गरे पनि उनले खाएनन्। उनी वर्षौदेखि घरको भान्छामा गएकी छैनन्। अहिले त्यहाँ धुलो मात्र जमेको उनी बताउँछिन्।

 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *