कोलकाता: बलीवुडका दिग्गज अभिनेता सलमान खान मङ्गलवार कोलकाता आइपुगेका छन्। कुख्यात ग्याङ्गस्टर लरेन्स बिश्नोई ग्याङ्गद्वारा प्राप्त धम्कीहरूलाई मध्यनजर गर्दै पुलिसले सलमान खानको सुरक्षाको व्यापक बन्दोबस्त गरेको छ।
कोलकाताको नेताजी इण्डोर स्टेडियममा मङ्गलवारदेखि २९ औं कोलकाता इन्टरनेशनल फिल्म फेस्टिभल आरम्भ भइरहेको छ। यसमा सामेल हुनका लागि सलमान खान बिहान लगभग ६:४५ बजे हवाईअड्डामा उत्रेका थिए। हवाईअड्डामा उनलाई भव्य स्वागत गरियो। यहाँ उनका फ्यान्सहरूको ठूलो भीड़ एकत्रित भएको थियो।
उनलाई स्वागत गर्नका लागि मन्त्री औ गायक बाबुल सुप्रियो हवाईअड्डामा उपस्थित थिए। उनीसित भेट गरेपछि सलमान खानले फ्यान्सतिर हेर्दै नसम्कार गरे अनि हात हल्लाए। उनलाई ग्रीन कोरिडोर बनाएर सोझै होटलमा ल्याइयो।
उल्लेखनीय छ, प्रत्येक वर्ष कोलकातामा आयोजना हुने बहुचर्चित फिल्म फेस्टिभलमा सामेल हुनका लागि सोमवार राती नै अभिनेता अनिल कपूर आइपुगिसकेका छन्।