पूर्व मन्त्री नारायण विश्वासको निधऩ

zeeeeeeeeeeeeeeeeees.jpg

काेलकाता पश्चिम बंगालका पूर्व मन्त्री एवं मार्क्सवादी कम्युनिस्ट पार्टी (सीपीआईएम) नेता नारायण विश्वास हामीबीच रहेनन्। मंगलवार बिहान कोलकाताको एक सरकारी अस्पतालमा उनले अन्तिम सास लिए।

उनले लामो समयदेखि लीवरको रोगले पीड़ित थिए। वर्तमानमा उनी पार्टीको दक्षिण दिनाजपुर (एम) जिल्ला एकाईको सचिव थिए। उनको निधनले पार्टी कार्यकर्ताहरू र समर्थकहरूमा शोकको लहर छ।

नारायण विश्वास १९९३-१९९८ सम्म माकपाको दक्षिण दिनाजपुर जिल्ला अध्यक्ष रहे। उनी २००१-२०११ सम्म बुद्धदेव मन्त्रीमण्डलको सदस्य रहेका थिए। उनी परिवहन र स्मल स्केल इन्डस्ट्रीज मामिलाहरूका राज्य मन्त्री थिए। यद्यपि, नोभेम्बर २००५ मा उनलाई लूटपाट र हिंसाको एक मामिलामा जेल जान परेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement