कोलकाता: लोकसभा चुनाव २०२४ को लागि विपक्षी दलहरुद्वारा गठित आई.एन.डी.आई.ए. गठबन्धनको अर्को बैठक ६ दिसम्बरमा बस्ने भएको छ। यसबारे पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी सुप्रिमो ममता ब्यानर्जीले बैठकको बारेमा जानकारी नबहेको बताइन्। समाचारमध्यमहरुका अनुसार उनले ६ दिसम्बरमा हुने आई.एन.डी.आई.ए गठबन्धनको बैठकको बारेमा भनिन्, ‘मलाई यसबारे जानकारी छैन, र मसँग उत्तर बंगलमा केही कार्यक्रम तय भएको छ, यदि मलाई यसबारे जानकारी भएको भए म सहभागी हुने थिएँ। म उत्तर बंगालको भ्रमणमा जाँदैछुl’
मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘मलाई थाहा छैन। मसँग जानकारी छैन। त्यसैले मैले कार्यक्रम बाहिर राखें। हाम्रो कार्यक्रम उत्तर बंगालमा छ। हाम्रो दिनको कार्यक्रम त्यहाँ छ। यदि जानकारी गराएको भए हामीले कुनै कार्यक्रम राख्ने थिएनौं, जाने थियौंl’ उनले आई.एन.डी.आई.ए गठबन्धन बैठकको बारेमा आफूलाई कुनै जानकारी नभएको दाबी गरेकी छन्। पाँच राज्यको विधानसभा चुनावपछि कांग्रेसले विपक्षी दलहरूको आई.एन.डी.आई.ए गठबन्धनको बैठक ६ दिसम्बरमा बोलाएको छ। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले आई.एन.डी.आई.ए गठबन्धनमा संलग्न दलहरूलाई दिल्लीमा बैठक बोलाएका छन्।