खेल मैदानको निर्माण कार्यको निम्ति अजय एडवाडर्सले दिए जेसीपी

IMG-20231204-WA0215.jpg

दार्जीलिङ: खेल मैदान निर्माण कार्यको निम्ति हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सले जेसीपी दिएका छन्। पोख्रेबुङ चामुङ क्षेत्रको चामुङ लोरूङ गाउँमा खेल मैदानको अभावको कारणले गर्दा खेलकूद आदि जस्ता विषयहरूमाथि रूची राख्ने युवाहरूले धेरै प्रकारको असुविधाहरू भोग्न परिरहेको थियो। यी विषयहरूलाई ध्यानमा राख्दै स्थानीय गाउँलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष खेल मैदान निर्माण कार्यको निम्ति जेसीपीको मांग गरेका थिए। गाउँलेहरूको अनुरोधलाई ध्यानमा राख्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जेसीपी प्रदान गरेपछि आजदेखि खेल मैदानको निर्माण कार्य शुरू भएको छ। यस अवधि हाम्रो पार्टीको कोअर्डिनेटर देवराज छेत्री विशेष रूपमा उपस्थित रहेका थिए। खेल मैदानको निर्माण कार्य आरम्भ गर्न अघि स्थानीय गाउँलेहरूले जेसीपी चालक वाङ्दीलाई खदा लगाएर आभार जनाएका थिए। त्यसरी नै हाम्रो पार्टीको कोअर्डिनेटर देवराज छेत्रीलाई पनि खदा लगाएर आभार जनाएको जानकारी समष्टि कोअर्डिनेटर पुकार गहतराजले दिएका छन्।उनले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले विगतका दिनहरूमा पनि पहाडको ग्रामीण क्षेत्रहरूदेखि लिएर शहरीय आदि क्षेत्रहरूमा कच्चा बाटोको निर्माण, सार्वजनिक भवन, समाज घर, खेल मैदान आदि निर्माण गरी दिईसकेको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement