बिर्तामोड (नेपाल): नेपालको विर्तामोड झापाका अग्रणी संस्था ‘साहित्य चौतारी’ झापाले ३ दिसम्बरमा संस्थाको रजत जयन्ती वर्षको अभियान अन्तर्गत ‘स्वर सम्राट नारयण गोपाल’ र वाग्येकार ‘गोपाल योञ्जन’ स्मृति संगीतमय कार्यक्राम आयोजना गर्योl नेपालका अग्रज साहित्यिक एंव सांगीतिक स्रष्टाहरु कोमल निरौला, शिव अधिकारी, देवी गौतमलगायत दार्जीलिङबाट गीतकार तथा वरिष्ठ समालोचक डा. जस योञ्जन ‘प्यासी’ र गायिका दावा ग्यालमोलाई सम्मान जनायो। उक्त सांगीतिक समारोह बिर्तामोडमा अवस्थित होटल हिकोलामा रहेको साहित्य चौतारीको सभा हलमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व साहित्य चौतारीका संरक्षक संगीतकार एंव गायक देवीभत्त श्रेष्ठले गरेका थिए भने प्रमूख अतिथि प्रशिद्व लोक गायक एल. पी.जोशी थिए। कार्यक्रममा दार्जीलिङ, सिलगढी र मिरिक भेकबाट पनि अतिथिहरु उपस्थिति थिए। यसमा दार्जीलिङबाट संगीतकार चन्दन लम्जेल, मिरिकबाट संगीत तथा साहित्य अनुरागी देवीलाल प्रधान, सिलगढीबाट संगीतकार जीवन अधिकारी, गायक एंव संगीतकार रमेश गुरुङ, अनि गायक सुमन निरौला, सानू तामाङ, बाबुराम शाहीलगायत डा. जस योञ्जन ‘प्यासी’का धर्मपत्नी श्रीमती रुपा योञ्जन र गायिका दावा ग्यालमोकी श्रीमान पनि उपस्थित थिए। संस्मरण गराइन्छ, साहित्य चौतारी झापाले विगत केहि वर्षअघिदेखि बर्सेनि गरिने यस नारयण गोपाल स्मृति कार्यक्रममा दार्जीलिङका स्रष्टाहरुलाई पनि सम्मान गर्ने परम्परा बसाएको छ।