२७-२८ दिसम्बरमा मुख्यमन्त्रीले अवकाशप्राप्त कर्मचारीहरूसँग भेट गर्नेः जीटी ढुङ्गेल

Screenshot_20231205_003958_Google.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले एसकेएम सरकार अवकाशप्राप्त सरकारी कर्मचारी प्रकोष्ठका सदस्यहरूलाई आगामी ६-७ दिसम्बरको दिन भेट गर्ने योजना रहेको थियो, तर मुख्यमन्त्रीको केही विशेष कामले गर्दा उक्त भेट कार्यक्रम केही दिनको निम्ति स्थागित गरिएको प्रकोष्ठका उपाध्यक्ष एवम् तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुङ्गेले जानकारी गराए।

आज तादोङस्थित एसकेएम पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विधायक ढुङ्गेलले आगामी ६-७ दिसम्बरको कार्यक्रम सारिएको र आगामी २७-२८ दिसम्बरको दिन सरमसा गार्डनमा हुने अवगत गराए। उक्त अवसरमा मुख्यमन्त्रीले पहिलो दिन सोरेङ, गेजिङ र नाम्चीका अवकाशप्राप्त कर्मचारी साथै अधिकारीसँग भेट गर्दै उनीहरूको समस्या साथै गुनासो सुन्ने कार्यक्रम रहेको उनले जानकारी गराए।

यसरी नै दोस्रो दिन २८ दिसम्बरमा गान्तोक, नाम्ची र पाकिम जिल्लाका सदस्यहरूलाई भेट गर्ने बताए। यसरी भेट गर्ने सदस्यहरूले सदस्यता कार्ड सम्वन्धित निकायबाट लिनुपर्ने सुझाउ दिए। यसर्थ सबै सदस्यहरूले सदस्यता कार्ड लिएर जानु पर्ने अनिवार्य रहेको अवगत गराए।

सोही प्रकारले प्रकोष्ठका अर्का उपाध्यक्ष कादो छिरिङ भोटियाले यो संस्था अवकाशप्राप्त कर्मचारीहरूको समस्या साथै गुनासो बुझ्ने उद्देश्यले गठन गरेको जानकारी गराए। कुनै पनि सदस्यहरूलाई समस्या परेको खण्डमा संस्थाले उक्त कुरा मुख्यमन्त्री समक्ष पुऱ्याएर समस्या समाधान गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement