कोलकाताः भाजपा विधायकहरू विरूद्ध राष्ट्रगानको अपमानमा प्राथमिकी मामिलाको सुनवाई गर्दै कलकत्ता हाईकोर्टले महत्वपूर्ण टिप्पणी गरेको छ। कसैले अचानक राष्ट्रगान गाउनसक्दैन, कोर्टले भन्यो।
राष्ट्रगान गाउने समय केही नियमहरूको पालन गर्नु जरूरी छ। कसैले अचानक राष्ट्रगान गाउनु शुरू गर्नसक्दैन। भाजपा विधायकहरूको तर्फबाट दर्ता मामिलामा कलकत्ता हाईकोर्टले यो टिप्पणी गरेको छ। राष्ट्रगानको अपमानको आरोपमा लालबजारमा 11 भाजपा विधायकहरू विरूद्ध दुई एफआईआर दर्ता गरिएको छ। विधायकहरूले त्यसलाई हाईकोर्टमा चुनौती दिएका छन्।
राष्ट्रगान मानहानि मामिला हाईकोर्टका जस्टिस जोय सेनगुप्ताको बेञ्चमा चलिरहेछ। सुनवाईमा जजले टिप्पणीले गरे, राष्ट्रगान अचानक गाउन मिल्दैन। यदि यहाँ कसैले राष्ट्रगान गाउन थाले सबैले सबै काम बन्द गरेर खड़ा हुनपर्नेछ। के यसो गर्नमिलक्छ ? राष्ट्रगानको निम्ति केही निश्चित नियम हुनुपर्छ।
-हिस