राजनीतिमा पनि आयुको सीमा हुनुपर्छः अभिषेक

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव एवं पार्टीका लोकसभा सदस्य अभिषेक ब्यानर्जीले सोमवार पार्टी पदहरूका लागि माथिल्लो आयु सीमा तय गर्ने जोडदार वकालत गरेका छन्। ब्यानर्जीले उत्तर बंगालको आफ्नो निर्धारित यात्रामा जानअघि कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तरराष्ट्रिय हवाई अड्डामा मीडियाकर्मीहरूसित कुरा गर्दै भने, मलाई लाग्छ, अन्य सबै व्यवसायहरू सरह राजनेताहरूको निम्ति पनि माथिल्लो आयु सीमा हुनुपर्छ। मलाई थाहा छ, पार्टीभित्र अनुभवको निम्ति दिग्गजहरू र वरिष्ठहरूको उपस्थिति आवश्यक छ, तर साथै एक माथिल्लो आयु सीमा पनि हुनुपर्छ।

यद्यपि, जब उनीसित के २०२४ को लोकसभा चुनाउहरूका लागि उम्मेदवारहरूको चयन गरेको समय यस आयु सीमामाथि विचार गरिनेछ भनी प्रश्न गर्दा उनले कुनै सीधा जवाफ दिएनन्। उनले भऩे, यो हाम्री नेता ममता ब्यानर्जीले तय गर्नेछिन्। यदि मलाई सोधियो भने म आफ्नो विचार राख्नेछु।

पार्टी नेतृत्वमा माथिल्लो आयु सीमाको पक्षमा आफ्नो कुरामाथि जोड दिँदै उनले भने, राजनीतिमा २० घण्टाको जिम्मेवारी सामेल भएकोले एक निश्चित आयुपछि कसैको निम्ति यसो गर्नु सम्भव छैन। यस बिन्दूमा उनले वृद्ध नेतृत्वप्रति कांग्रेसको जूनुनको पनि खिल्ली उड़ाए। उनले भने, शायद सत्ता र पदको भोकको कारण कांग्रेस युवा नेताहरूलाई अघि आउन दिन चाँहन्न। त्यहाँ युवा नेताहरूलाई सदैव पर-पर गरिन्छ तर मलाई लाग्छ, यदि कसैसित क्षमता छ भने उसलाई लामो समयसम्म वशमा राख्न सकिन्न।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement