काश्मिरी पण्डितपछि अब अनुपम खेर जयप्रकाश नारायणको भूमिकामा देखिने

Emergency

नयाँ दिल्ली: बलिउडकी चर्चित नायिका कंगना रनौत आफ्नो आउँदो फिल्म ‘इमर्जेन्सी’ मार्फत देशको सबैभन्दा ठूलो राजनीतिक घटनालाई ठूलो पर्दामा ल्याउने प्रयासमा छिन्। एकातिर यो फिल्मलाई नायिकाले निर्देशन गरिरहेकी छिन् भने अर्कोतर्फ कंगना यस फिल्ममा दिवंगत प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाहकी छिन्। कंगना रनौतको लुकपछि अब यो फिल्मबाट बलिउड अभिनेता अनुपम खेरको लुक पनि सार्वजनिक भएको छ। कश्मीरी पण्डितको भूमिका निर्वाह गरेपछि अनुपम खेर अब यस फिल्ममा स्वर्गीय राजनीतिज्ञ जयप्रकाश नारायणको भूमिकामा देखिनेछन्। आफ्नो लुक सार्वजनिक गर्दै बलिउड अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कंगना रनौत अभिनित र निर्देशनमा बनेको फिल्म ‘इमर्जेन्सी’ मा निडर भएर प्रश्न गर्ने जय प्रकाश नारायणको भूमिका खेल्न पाउँदा उत्साहित छु। म आफैंमा गर्व महसुस गर्छु। यो मेरो ५२७औं चलचित्र हो! जय हो!’

https://twitter.com/AnupamPKher/status/1550324412951322626?cxt=HHwWhICjid717YMrAAAA

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement