एनएच ५५ अन्तर्गत तीनधारे र गिध्दे क्षेत्रमा आज देखा पर्यो जामको समस्या

IMG-20231204-WA0173.jpg

खरसाङ: आज एनएच ५५ अन्तर्गत तीनधारे, महानदी, गिध्दे क्षेत्रमा धेरै वर्षपछि व्यापक रूपमा जामको समस्या देखा परेको छ। आज विशेष गरेर अखिल भारतीय तृणमूल कंग्रेसको राष्ट्रिय महासचिव साथै तृणमूल कंग्रेसको सांसद अभिषेक ब्यानर्जीको खरसाङ आगमनलाई लिएर रोहिणी रोडबाट अवमन गर्ने गाडीहरू सबै डाईभट गरेर एनएच ५५ बाट कुदाइएको थियो। यसले गर्दा सबै गाड़ीहरू एनएच ५५ भएर कुदेपछि आज धेरै स्थानहरूमा जामको समस्या देखा परेको थियो। विशेष गरेर एनएच ५५ को महानदीदेखि गिध्द पहाडसम्मको क्षेत्रमा निक्कै बेसी जामको समस्या देखा परेको थियो। गिध्दे भ्यु पोइन्टदेखि जाम भएर गिध्द पहाड़को विभिन्न क्षेत्रतिर जामको समस्या देखा परेको थियो। त्यसरी नै एनएच ५५ अन्तर्गत तीनधारेमा पनि जामको समस्या व्यापक रूपमा देखा परेको थियो। विशेष गरेर तीनधारेको ग्रामीण ब्यांक मुनिपट्टिको क्षेत्रमा जामको समस्या व्यापक रूपमा देखा परेको थियो। सबै ठूल्ठूला र साना गाड़ीहरू एनएच ५५ भएर कुदाइएकोले सबैतिर जामको समस्या देखा परेको थियो। रोहिणी रोड भएर सबै गाड़ीहरू कुदेपछि एनएच ५५ खुल्ला हुने गर्दथ्यो भने आज सबै गाड़ीहरू एनएच ५५ भएर कुदेपछि धेरै समयको अन्तरालपछि एनएच ५५ मा आज जामको समस्या देखा परेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement