शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा कोलकाता उच्च न्यायालयमा सुनवाई

Kolkata-High-Court

कोलकात्ता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा राज्यका मन्त्री पार्थ चटर्जीलाई बिहीबार पनि कोलकाता उच्च न्यायालयको खण्डपीठबाट झटका लागेको छ। उनले सीबीआई सोधपुछ सम्बन्धी न्यायमूर्ति अभिजीत गांगुलीको एकल पीठको फसेलाविरूद्ध बिहीबारलगातार दोस्रो दिन पनि न्यायमूर्ति हरिश टण्डन र रवीन्द्रनाथ सामन्तको खण्डपीठमा याचिका लगाएका थिए। यी दुवै न्यायाधीशले एक पल्ट फेरि यस मामिलामा सुनवाई गर्न खारेज गरेका छन्। न्यायमूर्ति टण्डनले व्यक्तिगत कारणहरूले आफूलाई यस मामिलाको सुनवाईदेखि अलग गर्ने घोषण गरे। त्यसपछि पार्थ चटर्जीका अधिवक्ताले मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव कहाँ ई-मेलको माध्यमले मामिलाको तत्काल सुनवाई गर्ने माग गरेका छन्। सूत्रहरू अनुसार, हाई कोर्टका रजिस्ट्रारलाई ईमेलको प्रति सुम्पेर छिटोभन्दा छिटो मामिलाको सुनवाईको माग गरिएको छ। यद्यपि, मुख्य न्यायाधीशले अहिलेसम्म यस मामिलामा केही पनि भनेका छैनन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *