अखिल भारतीय तृणमूल कंग्रेसको राष्ट्रिय महासचिव एंव सांसद अभिषेक ब्यानर्जीलाई आज खरसाङमा भव्य स्वागत

IMG-20231204-WA0162.jpg

खरसाङ: अखिल भारतीय तृणमूल कंग्रेसको राष्ट्रिय महासचिव एंव सांसद अभिषेक ब्यानर्जीलाई आज खरसाङमा भव्य स्वागत जनाइयो। उनी आज अपरान्ह लगभग तीन बजेतिर कड़ा सुरक्षाबीच खरसाङ आईपुगेका थिए। उनलाई खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र हिल तृणमूल कंग्रेसको नेतृत्वहरू र कार्यकर्ताहरूले भव्य स्वागत जनाएका छन्। यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले विशेष रूपमा स्वागत जनाएका छन्। तृणमूल कंग्रेसको राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीलाई भागोप्रमो समर्थकहरूले खरसाङको मोटर स्ट्याण्डमा भव्य स्वागत जनाएका थिए भने हिल तृणमूल कंग्रेसको समर्थकहरू र कार्यकर्ताहरूले खरसाङको रोहिणी जिरोमा स्वागत जनाएका थिए।

यस अवसरमा भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापा साथै सभासदहरू एंव अन्यहरू उपस्थित रहेका थिए। तृणमूल कंग्रेसको राष्ट्रीय महासचिव एंव सासंद अभिषेक ब्यानर्जी खरसाङमा आफान्तको विवाहमा सामेल हुन आएको र उनी केही दिन खरसाङमा बस्ने जानकारी प्राप्त भएको छ। उनी लगायत राज्यकी मुख्यमन्त्री पनि आगामी ६ दिसम्बरमा खरसाङ आउने र उनले आगामी ८ दिसम्बर खरसाङमा जनसभालाई सम्बोधन गर्ने पनि जानकारी पाइएको छ। यस विषयमा पछिबाट पत्रकारहरूले सोधेको विभिन्न प्रश्नहरूको उत्तरमा जीटीए प्रमुख कार्यपाल अनित थापाले आज तृणमूल कंग्रेसको महासचिव एंव सांसद अभिषेक ब्यानर्जीलाई खरसाङमा भव्य स्वागत जनाइएको बताउँदै उनको पारिवारिक भ्रमण रहेको बताए।

उनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पनि आगामी ६ दिसम्बर खरसाङ आउने र आगामी ८ दिसम्बरमा खरसाङमा जनसभालाई सम्बोधन गर्ने भएको पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement