जीतपछि प्रदेश भाजपाद्वारा केन्द्रीय नेतृत्वलाई शुभकामना

IMG-20231204-WA0002.jpg

गान्तोक: हालै सम्पन्न ५ वटा राज्य विधानसभा चुनाउमध्ये आज चारवटा राज्य मध्यप्रदेश, छत्तीशगढ़, राजस्थान अनि तेलङ्गनामा मतगणना सम्पन्न भयो भने मिजोरममा मतगणना भोलि सम्पन्न गरिनेछ। आज मतगणना भएको चार राज्यहरूमध्ये मध्यप्रदेश, छत्तीसगढ़ र राजस्थानमा भारतीय जनता पार्टीले प्रचण्ड जीत हासिल गरेको छ भने तेलङ्गनामा भारी बढ़त हासिल गरेको छ। भाजपा सिक्किमले यस ऐतिहासिक विजयको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, राष्ट्रिय अध्यक्ष जेपी नड्डालगायत केन्द्रिय तथा प्रदेश नेतृत्वगण अनि तृणमूलस्तरमा रात-दिन एक गरेर पार्टीको जीत सुनिश्चित गर्ने करोड़ौं परिश्रमी कार्यकर्ताहरूप्रति नमन गर्दै हार्दिक बधाई तथा शुभकामना दिएको छ। २०२४ को लोकसभा चुनाउ अघि सेमिफाइनलको रूपमा हेरिएको यो पाँच राज्य विधानसभा चुनाउमा भारतीय जनता पार्टीले जहाँ एकापट्टि मध्यप्रदेशमा विपक्षसितको कड़ा प्रतिस्पर्धाबीच अभूतपूर्व जीत हासिल गरेको छ भने छत्तीसगढ़ र राजस्थानमा कंग्रेस शासनविरूद्ध कड़ा परिश्रम गरेर सत्तामा वापसी गरेको छ। यस अतिरिक्त तेलङ्गनामा पार्टीले ऐतिहासिक बढ़त हासिल गरेको छ जसले आगामी दिनमा पार्टीलाई अझ मजबुत र सफल बनाउनमा एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। भारतीय जनता पार्टीको यस ऐतिहासिक जीतमा सबैभन्दा अधिक श्रेय केन्द्र सरकारका अनेकौं जनकल्याणकारी अनि गरीबमुखी योजनाहरू साथै नारीशक्तिहरूको कल्याण र उत्थान एवं सशक्तिकरणमा भाजपा सरकारका ऐतिहासिक कार्यहरूलाई जाँदछ। केन्द्र अनि राज्यहरूमा भारतीय जनता पार्टीको सरकार भएको कारण समाजको पछिल्लो तप्कासम्म सरकारका योजनाहरूको लाभको सोझो पहुँच अनि यसको निम्ति पारदर्शी व्यवस्थाको स्थापना गरिएको छ जसले जनताको मनमा भाजपा अनि प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको बढ्दो जनविश्वासलाई सुनिश्चित गरेको छ। अर्कोतिर, आजको जनादेशले देशमा भ्रष्टाचार, तुष्टिकरण र परिवारवादको राजनीतिलाई पूर्णरूपले नकारेको छ। पार्टीको यस ऐतिहासिक जीतले सिक्किममा भाजपा कार्यकर्ताहरूमाझ एउटा नयाँ उत्साह देखा परेको छ भने आगामी लोकसभा तथा विधानसभा चुनाउमा पनि प्रत्यक्ष प्रभाव पर्ने आशा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement