छुटेका १२ जातिका प्रतिनिधिहरूलाई लिएर मुख्यमन्त्री सोमबार दिल्ली प्रस्थान गर्ने

IMG-20231203-WA0237.jpg

गान्तोक: राजधानीस्थित चिन्तन भवनमा आज सिक्किमका छुटेका १२ जातिलाई जनजाति मान्यता सम्वन्धि विमर्श एवम कार्यशाला सम्पन्न भयो। उक्त कार्यक्रममा राज्यको छ वटा जिल्लाबाट १२ वटै समुदायका प्रतिनिधिहरूले उपस्थिति जनाएका थिए। यस अवसरमा सबै जातिका प्रतिनिधिहरूले कसरी जनजातिको मान्यता पाउन सकिन्छ भन्नेबारेमा आ-आफ्नो कुरा राखे। आजको यस कार्यक्रममा विशेष गरेर एउटा प्रस्ताव पनि पारित भएको। उक्त प्रस्तावमा राज्यमा छुटेका १२ जातिको गुमेको हक र अधिकार छ, जुन ३७१ एफ-ले सुनिश्चित गरेको र १९७९ सम्म यथावत रहेको र यसलाई पूर्नवहालीको निम्ति मुख्यमन्त्री र राज्यपालसँमक्ष चढाउने उनले जानकारी गराए। आज पारित गरिएको प्रस्ताव दिल्ली लिएर सोमबार जाने उनले थप जानकारी गराए। यो आन्दोलनलाई निरन्तता दिने पनि उनले अवगत गराए।

विशेष गरे भोलि सोमबारको दिन राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा ३२ जनाको टोली दिल्ली प्रस्थान गर्ने भएको छ। उक्त टोलीले दिल्लीमा गएर सम्वन्धित केन्द्रीय मन्त्रीहरूसँग भेट गर्दै राज्यका छुटेका १२ जातिलाई जनजातिको मान्यता दिलाउनेबारे कुरा राख्ने इकोसका संयोजक राजु बस्नेतले जानकारी गराए। पत्रकारहरूसँग कुरा गर्दै उनले छुटेका १२ जातिली जनजातिको दर्जा दिलाउन संस्था प्रयारत रहेको र निरन्तर प्रयास गरिरहने बताए। आजको सभामा विशेष गरेर टीएन ठकालको अध्यक्षतामा एउटा समिति पनि गठन गरिएको उनले थप जानकारी गराए। उनको भनाइ अनुसार संस्थाले नयाँ कुरा नमागेको र पहिला जुन हक र अधिकार प्राप्त भइरहेको थियो, त्यसैलाई पूर्नवहाली गरिनुपर्छ भन्ने मुख्य माग रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement