नाम्ची: नाम्ची जिल्लाअन्तर्गत सुम्बुक उच्चतर माध्यमिक स्कूलले स्थापना भएकाे सय वर्ष पूरा गरेकाे छ। यस विषयलाई लिएर साे स्कूलमा आज स्कूलकाे सतवार्षिकी कार्यक्रमकाे स्मरणाेत्सवकाे उद्घाटन कार्यक्रम सम्पन्न भयाे।
कार्यक्रममा एसकेएम पार्टीका उपाध्यक्ष तिलक बस्नेत मुख्य अतिथि रहेका थिए।
उपाध्यक्ष बस्नेतले आफ्नो सम्बोधनमा एसकेएम सरकार आएपछि सिक्किममा खुशीकाे सिमाना बडेर गएकाे दाबी गरे। विद्यार्थीवर्गसँग उत्प्रेणात्मक कुरा राख्दै उनले किताबी ज्ञानले मात्र जीवनमा सफल हुन नसक्ने बताए। व्यावहारिक र समयसापेक्ष ज्ञान हुन जरूरी रहेकाे उनले उल्लेख गरे। आर्टिफिसियल इन्टिजिलेन्सकाे महत्त्व विषय प्रकाश पार्दै उनले साे स्कूलका विद्यार्थीवर्गलाई यस विषयमा कविता लेख्ने अनुराेध गरे। यस विषयकाे कविता खेलनमा प्रथम हुने विद्यार्थीलाई पाँच हजार, दाेस्राे हुनेलाई तीन हजार र तेस्राे हुनेलाई दुई हजार दिने घाेषणा पनि गरे।
कार्यक्रमकाे औचित्यमाथि प्रकाश पार्दै आयाेजक समितिका प्रमुख संरक्षक गिरिशचन्द्र राईले स्कूलले सय वर्ष पूरा गरेकाे अवसरमा स्कूलकाे उपलब्धी सम्बन्धित स्मारिका पत्रिका प्रकाशन गर्ने जानकारी गराए। गाउँले विद्यार्थी नानीहरूलाई अघि बढाउने काम गर्ने पनि उनले बताए।
कार्यक्रमकाे मुख्य आकर्षणकाे रूपमा रहेकाे मल्ली समष्टिकाे माध्यमिक स्कूलस्तरीय फुटबल प्रतियाेगिताकाे प्रथम खेलमा रविटार माध्यामिक स्कूलले दुईकाे विरूद्ध तीन गाेल लगाएर मल्ली एसएसएस पराजित गऱ्यो। दाेस्राे खेलमा दुईकाे विरूद्ध छ गाेल लगाएर सदाम एसएसएसले किताम एसएसएसलाई पराजित गऱ्यो। कार्यक्रममा साँँस्कृतिक कार्यक्रम पनि सम्पन्न गरिएको थियो।










