एसकेएम पार्टीको वार्डस्तरीय समन्वय सभा सम्पन्न

IMG-20230410-WA0169-11-300x172-1

नाम्ची: मल्ली समष्टि अन्तर्गत सुम्बुक-कार्तिके जीपीयूकाे द्वारे वार्डमा एसकेएम पार्टीकाे वर्डस्तरीय समन्वय सभा सम्पन्न भयाे। यस सभाकाे आयाेजना एसकेएम पार्टीकाे मल्ली समष्टिस्तरीय समितिले गरेकाे हाे।

यस सभाकाे अध्यक्षता स्थानीय वरिष्ठ नागरिक विक्रम गाैतमले गरेका थिए।

उल्लेखनीय छ, सभामा पार्टीकाे अप्पर र लाेवर द्वारे वार्डकाे वार्डस्तरीय समितिलाई विगठन गरेर नयाँ समिति गठन गरियाे। सभामा स्थानीय गाउँलेहरूले पार्टीका सीएलसी कार्यकर्तासमक्ष गाउँका समस्याहरू पनि राखेका थिए।

उक्त समस्याहरूलाई सरकार र विभागसमक्ष लगेर समाधान गरिदिने उनीहरूले आश्वाशन दिए। सभामा पार्टीका उपाध्यक्ष तिलक बस्नेत, जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिम, जिल्ला पञ्चायत सदस्य सुचित्र प्रधान, विभिन्न स्तरका पार्टी कार्यकर्ताहरू आदिकाे उपस्थिति रहेकाे थियाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement