अवैध बालुवा तस्करीबाट मानिसहरू चिन्तित, प्रशासनको भूमिकामाथि प्रश्न

IMG-20231203-WA0152.jpg

जलपाईगुडी: पंगा खोलाबाट दिनहुँ अवैध बालुवा तस्करी भईरहेको छ र यो दृश्य हाम्रो क्यामेरामा कैद भईरहेको छ। जलपाईगुडी सदर ब्लकको तोरलपाडा, शोभाबारी क्षेत्रको पंगा नदीबाट अवैध बालुवा चोरी भएको स्थानीयले लामो समयदेखि गुनासो गर्दै आएका छन्। प्रशासनको अनुगमनलाई लिएर विभिन्न क्षेत्रमा प्रश्न उठ्न थालेको छ। स्थानीयको गुनासोलाई बेवास्ता गर्दै यसरी बालुवा तस्करी भइरहेको पंगा नदी छेउछाउका क्षेत्रका बासिन्दाले अवैध बालुवा उत्खननले नदीको कटान निम्त्याएको भन्दै चिन्ता व्यक्त गरेका छन्। बालुवा माफियामाथि कानुनी कारबाही नभएकाले बालुवा तस्करी गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement