मार्तम रूम्तेक निर्वाचन क्षेत्रबाट ४० परिवार एसकेएममा सामेल

IMG-20231204-WA0003.jpg

गान्तोक: एसकेएम पार्टीको नीत, सिद्धान्त र सरकारको काम गर्ने शैलीदेखि प्रभावित बनेर विभिन्नि पार्टी त्याग गरि एसकेएम पार्टीमा सामेल हुने क्रम जारी रहेको छ। यसै क्रममा आज विभिन्न पार्टी त्याग गर्दै मार्तम रुम्तेक निर्वाचन क्षेत्रका धेरै जनाले विपक्षी पार्टी त्याग गर्दै एसकेएम पार्टीमा सामेल भएका छन्। आज सामेल हुनेहरूमा विशेष गरेर एसडीएफ पार्टीका अधिक समर्थकहरू रहेका छन्। आज उक्त निर्वाचन क्षेत्रबाट कूल ४० परिवार एसकेएम पार्टीमा सामेल भएका छन्। एसकेएम पार्टीका सक्रिया कार्यकर्ता साइमन राई र सुवास तामाङको विशेष पहलमा आयोजित एक वृहत् समावेशी कार्यक्रमबाट ४० परिवारले एसकेएम पार्टीमा प्रवेश लिएपछि मार्ताम रूम्तेक निर्वाचन क्षेत्रमा विपक्षी पार्टीका समर्थकहरूको सङ्ख्या शून्य भएको पुष्टि भएको पार्टीले जानकारी गराएको छ। आज पार्टीमा सामेल भएकाहरूलाई अध्यक्ष राजेन् बस्नेतले खदा अर्पण गरी झण्डा हस्तान्तरण गर्दै विधिवतरूपमा पार्टीमा स्वागत जनाए। अध्यक्ष बस्नेतले एसकेएम पार्टी अध्यक्ष एवम् मुख्यमन्त्री प्रेमसिंह तामाङको समावेशी राजनीतिक सिद्धान्तबारे पनि प्रकाश पारे। यसका साथै नयाँ सामेल भएका सदस्यहरूले एसकेएम पार्टीको सरकारकालमा आफूहरू सन्तुष्ट रहेको मन्तव्य जाहेर गर्दै अबोप्रान्त दिलोज्यान दिएर क्षेत्र अनि राज्यको विकास र समृद्धिका लागि समन्वय रूपमा कार्य गर्ने प्रतिबद्धता जनाए। उनीहरूले एसकेएम पार्टी र अध्यक्ष पीएस गोलेको खुलेर प्रशंसा गर्दै आगामी चुनावमा पनि बहुमत दिएर सरकार गठन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। आजको कार्यक्रममा अध्यक्ष बस्नेत सहित सीएलसी अध्यक्ष एसआर सुब्बा, मुख्यमन्त्रीका सीए आशमान सुब्बा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement