कोप–२८ मा भाग लिएर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

Pushpa-Kamal-Dahal-PM-Nepal

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८)मा भाग लिएर आइतबार बेलुकी स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूले स्वागत गरे। शनिबार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै उक्त अवस्थाको अन्त्य गर्नुपर्नेबारेमा जोड दिए। उनले हिमाल जोगाउन र विश्वका मानवजातिको रक्षाका निम्ति जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे। सम्मेलनमा उनले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता समेत गरे। सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड २९ नोभेम्बरमा दुबई गएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *