देशमा केवल एउटै ग्यारण्टी छ त्यो हो मोदीको ग्यारण्टी: भाजपा

mcms.jpeg

नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता केके शर्माले आज भने, पार्टी मध्य प्रदेश, राजस्थान औ छत्तीसगढ़मा भारी जित तर्फ बढ़िरहेको छ। परिणामहरू अनुसार तीनैवटा राज्यहरूमा पार्टीले निर्णायक बढ़त बनाएको छ अनि सरकार बनाउने दिशा तर्फ अघि बढ़िरहेको छ।

यो जित स्पष्ट रूपमा मोदीद्वारा दिइएको ग्यारण्टीको जित हो। उनले पार्टी मुख्यालयमा पत्रकारहरूसित बातचित गरिरहेका थिए।

केके शर्माले भने, देशको राजनीति अब मोदीमय हुँदै गइरहेको छ। देशका मानिसहरूलाई मोदीको कुरामाथि भरोसा छ। विपक्षको जाति आधारित राजनीति र ध्रुवीकरण स्पष्ट रूपमा असफल भएको छ। विपक्षको अन्तिमको झूटो वाचा अनि ग्यारण्टीले राम्ररी काम गर्न सकेन। अब देशमा एउटै मात्र ग्यारण्टी छ त्यो हो मोदीको गारण्टी।

केन्द्रियमन्त्री पीयूष गोयलले भने, चुनाउ परिणामले मोदी छन् भने सम्भव छ भन्ने कुरा स्पष्ट पारेको छ। प्रधानमन्त्री मोदीले जसरी इमानदारी, समर्पण औ दृढ़ सङ्कल्पको साथमा पार्टीको नेतृत्व गरिरहेका छन् त्यसको फल पार्टीले अब पाइरहेको छ। उनले नरेन्द्र मोदीलाई बधाई दिँदै भने, जनताले स्पष्ट रूपमा मोदीका कामहरूमाथि मोहर लगाइदिएका छन्। आगामी लोकसभा चुनाउमा पनि भाजपाले दुई तिहाई बहुमतभन्दा अधिकले जित हासिल गर्नेछ।

केन्द्रियमन्त्री अनुराग ठाकुरले भने, छत्तीसगढ़मा रक्सी घोटाला, महादेव बेटिङ्ग सहित धेरैवटा घोटालाहरूको कारणले सत्तारूढ़ कङ्ग्रेस त्यहाँबाट च्युत भएको हो। कङ्ग्रेसले छत्तीसगढ़लाई एटीएम सरह प्रयो गर्थ्यो। मानिसहरूले पनि यी कुराहरू बुझिसकेका छन्। अब तुष्टिकरणको राजनीतिलाई मानिसहरूले चिनिसकेका छन्। मानिसहरूले मोदीमाथि भरोसा गरे, उनको ग्यारण्टीमाथि भरोसा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement