सोनादा: सोनादाको नया कमान निवासी एंव भर्खरै नमस्ते आईडलको बिजेता अमन गुरुङले आफुले पाएको नगदराशि बिमारीलाई सहयोग गरेका छन्। उनले गत २६ नोभोम्बरको दिन सम्पन्न नमस्ते आईडलको उपाधि जितेर प्राप्त गरेको २५ हजार रूपियाँमा १० हजार रुपियाँ सोनादाको नयाँ कमान निवासी किड्नी रोगी बौध्द लामा निमा ग्याल्जेन तामाङलाई उपचारको लागि सहयोग गरेका छन्। अमनले आफ्नो कलाकारिताबाट पाएको रकमलाई मानवता देखाउँदै बिमारीलाई सहयोग गरेर आफुमा ठूलो ह्रदय भएको प्रमाणित गरेका छन्। अमन गुरुङले सोनादाको नयाँ कमान पुगेर किड्नी रोगी निमा ग्याल्जेन तामाङ घरमा नै पुगेर परिवारलाई उक्त सहयोग राशि प्रदान गरेका छन्। अमन गुरुङ एकजना कमान बस्तीबाट निस्केको नवप्रतिभाशाली कलाकार हुन्। उनले आफ्नो गायन क्षेत्रबाट कमाएको पहिलो राशिबाट बिमारीलाई सहयोग गरेर ठूलो कलाकार र ठूलो मान्छे बन्ने संकेत दिएका छन्। उनले आफु कलाकार मात्रै होइन तर राम्रो दयालु र राम्रो कलाकार भएको उदाहरण पनि प्रस्तुत गरेका छन्।










