खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीको बन्दुके गाउँमा रहेको सचिन तामाङको घर भागोप्रमोका केही युवाहरूले मरमत्ति गरिदिएका छन्। भागोप्रमो तीनधारे चियाबारीको संयोजक युवराज प्रधान र घैयाबारी ग्राम पञ्चायत दुईको ग्राम पञ्चायत सदस्य दिपेन्द्र तामाङको नेतृत्वमा बन्दुके गाउँ निवासी सचिन तामाङको घर मरमत्ति गर्ने कार्य गरिएको छ। युवाहरू मिलेर सचिन तामाङको जीर्णावस्थामा रहेको घरलाई मरमत्ति गरिदिएका छन्। यस अवसरमा सबै युवाहरूले मिलेर श्रमदान गर्दै सचिन तामाङको घरको भूईहरू मरमत्ति गरिदिएका छन्।

विशेष गरेर गत पञ्चायत चुनावको समय घर बनाई दिने बाचा अनुसार पञ्चायतबाट घर नआईञ्जेलसम्म घर मरमत्ति गरिदिएको र सक्ने जति मरमत्ति गरेको तीनधारे चियाबारीबाट युवराज प्रधानले पत्रकारहरूलाई सम्बोधन गर्दै बताएका छन्।










