नेपाल सुपर लिगका खेल भोलिदेखि साँझ ५ बजे नै

image.png

काठमाडौं: नेपाल सुपर लिगमा भोलिदेखि साँझको खेल ५ बजे नै हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स् एण्ड इभेन्ट्स म्यानेजमेन्टले आइतबार विज्ञप्ति जारी गर्दै भोलि सोमबारदेखि खेलको समय परिर्वतन गरिएको जानकारी दिएको हो। हाल साँझको खेल साढे ५ बजे सुरु हुन्छ। तर धेरै ठाउँबाट आएको सुझाव अनुसार यो समयलाई परिर्वतन गरिएको आयोजकले जनाएको छ।
दिउँसोको खेलको समय भने परिर्वतन गरिएको छैन। शनिबार दिउँसो हुने खेल भने १ बजे नै हुनेछ। नेपाल सुपर लिगमा शनिबार दिउँसो र साँझ गरी दुई खेल हुनेछ भने अरु दिन साँझ मात्र खेल हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *