कोलकाताः क्रिसमस र नयाँ सालको मध्यनजर कोलकातामा सुरक्षा व्यवस्था दुरूस्त गरिएको छ। लालबजार सूत्रहरू अनुसार, पुलिसको संख्या गत वर्षभन्दा धेरै हुनेछ। क्रिसमस र नयँ सालको दिन प्रशासन अधिक सतर्क रहनेछ। यसैले प्रशासनका अधिकारी यी दिनहरूमा अतिरिक्त जोखिम लिन चाँहदैनन्। पुलिससित नयाँ सालको अवसरमा होटलहरूमा पहिलेदेखि कमरा बुक गराउनेहरूको पनि जानकारी रहनेछ। क्रिसमसमा भीड़ रहने पार्क स्ट्रीटमा अतिरिक्त निगरानी राखिनेछ।
पुलिस सूत्रहरू अनुसार, गत वर्ष पार्क स्ट्रीटमा तीन जार पुलिस तैनात थिए। यस वर्ष अझ् अधिक संख्यामा सुरक्षा कर्मीहरूको तैनाती हुनेछ। अप्रिय घटनाहरूदेखि जोगिनका लागि प्रशासनले महानगरको कुना-कुनामा कड़ा निगरानी राख्नेछ।









