तृणमूल कांग्रेसका महासचिव अभिषेक ब्यानर्जीको व्यक्तिगत पहलमा पीडित मजदुरहरूले मनरेगाको पैसा पाए

7bb06e1b-59d4-4f5c-86bf-555859101547

सिलगढी: राज्यकी माननीय मुख्यमन्त्री ममता ब्यानर्जी महाश्यको प्रेरणामा र अखिल भारतीय तृणमूल कांग्रेसका महासचिव तथा सांसद अभिषेक ब्यानर्जीको व्यक्तिगत पहलमा पीडित मजदुरहरूलाई १०० दिनको बक्यौता भुक्तानी गरियो। केन्द्रबाट उत्पीडनमा परेका यी मजदुरलाई आफ्नो मेहनतको पैसा चेकमार्फत उपलब्ध गराइएको थियो।

तृणमूल कांग्रेसको पहलमा यो कार्यक्रम आज पूरै राज्यका साथै गोन्साईपुर क्षेत्रमा पनि आयोजना गरिएको थियो। यस अन्तर्गत आज सिलगढीका मजदुरहरूलाई मेयर गौतम देव र तृणमूल कांग्रेस अध्यक्ष पापिया घोषले चेक प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement