खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी तीन ग्राम पञ्चायतको रोहिणी टोल प्लाजा क्षेत्रमा सर सफाई गरिएको छ। घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाको अगुवाईमा सर सफाई गरिएको छ। उक्त सर सफाई कार्यमा खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, घैयाबारी ग्राम पञ्चायतको तीनको उप प्रधान केवल राई, पञ्चायत सदस्य उमेश थापा, पञ्चायतको ईए सन्तोष सिंह, सचिव उदय कार्की लगायत संसद ६ र ७ को स्वनिर्भर दलहरू र भीबीडीको सदस्य सदस्याहरू पनि उपस्थित भएर सर सफाई गरिएको छ। उक्त सर सफाई अन्तर्गत मैला कुँचेलाहरू, बिल्डिङ निर्माणबाट निस्केको मैलाहरू साथै विभिन्न प्रकारको मैलाहरू सर सफाई गरिएको छ।

रोहिणीको उक्त टोल प्लाजा क्षेत्रमा विशेष गरेर टाड़ा टाड़ाबाट गाड़ीहरूमा हालेर मैला फ्याँक्ने गरेकोले यस क्षेत्रमा धैरे मैला भएको र यस क्षेत्रमा मैलाहरू फ्याँक्न मनाही गर्दै अब सीसीटिभी क्यामेरा जड़ान गरिने खरसाङ खण्ड विकास अधिकारीले बताएका छन्। उनले यस क्षेत्रमा मैलाहरू फ्याँकेको देखेको खण्डमा कानुनी कार्वाही पनि गरिने बताएका छन्। उनले यस क्षेत्रका मानिसहरूलाई यहाँ मैला कुँचेलाहरू नफ्याँक्ने अनुरोध पनि गरेका छन्।









